‘राष्ट्रिय एकता बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगी’ « Khabarhub

‘राष्ट्रिय एकता बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगी’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध हुने बताएका छन् । 

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उनले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ–आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गरे । 

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गरे । 

यसैबीच प्रधान सेनापति अशोकराज सिग्देलले नवलपरासीको हात्तिखोरस्थित मध्य तालिम शिक्षालयमा सञ्चालित तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै फरक भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवामा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना जागृत गराउन तालिम फलदायी रहँदै आएको उल्लेख गरे।

उनले तालिमका क्रममा प्राप्त ज्ञान तथा सीपलाई समाजमा स्थापित गराई समाजप्रति उत्तरदायी र उदाहरणीय युवाको पहिचान दिलाइ राख्ने हेतुले स्थापित एनसिसी अल्मुनाइ एसोसियसन नेपाललाई थप व्यवस्थित बनाउन कोसिस गरिने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका प्रमुख/प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, प्रधानाध्यापक तथा अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कूल एक हजार ८० जना क्याडेट छात्रछात्रा दीक्षित भएका नेपाली सेनाले जनाएको छ । यससँगै यस वर्ष सात हजार सात सय चार जना क्याडेट छात्रछात्राले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।  

विसं २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी बयासी हजार एक सय चौरासी जनाले तालिम सम्पन्न गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४७ बजे

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम