मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन « Khabarhub

मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहिताका साथै एजेण्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले मधेश केन्द्रित ८ दलीय मोर्चाको नाम, एजेण्डा, आचारसंहिता लगायत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने उनले बताए  । कार्यदलबाट पारित भएपछि मधेश केन्द्रित ८ को शीर्ष तहमा प्रस्तुत गरी आवश्यक निर्णय लिइने कर्णले बताए ।  

यसअघि बिहीबार बसेको मधेश केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । 

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : १२ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार