इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारत विजयी « Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारत विजयी


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इंग्ल्याण्डसँगको टी-२० शृङ्खला जितेको छ। पुनेमा शुक्रबार भएको चौथो टी-२० मा भारत १५ रनले विजयी भएको हो। यस अघिका तीन खेलमा २ मा भारत तथा एकमा इंग्ल्याण्ड विजयी भएका थिए।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा सीमित भयो।

फिल साल्ट र बेन डकेटले पहिलो विकेटका लागि ६६ रन बनाएपछि जिततर्फ अग्रसर इंग्ल्याण्डलाई ध्वस्त गर्ने काम भारतका रवि विस्नोइ र हर्षित रानाले गरे। १९ बलमा ३९ रन बनाएका डकेटलाई विस्नोइले आउट गरेपछि इंग्ल्याण्डको पतन सुरु भएको थियो। विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। हर्षित रानाले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए।

इंग्ल्याण्डका लागि साल्टले २३ रन जोडे। हेरी ब्रुकले २६ बलमा ५१ रन जोडे। उनको पारीमा ५ चौका र २ छक्का समावेश थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। १२ रनमा ३ तथा ५७ रनमा चार विकेट गुमाइ सकेको भारतलाई जित दिलाउने क्रममा शिवं दुवे र हार्दिक पाण्डेले शानदार ब्याटिङ गरे। दुवैले समान ५३ रन जोडे। ३४ बलको सामना गरेका दुवेले ७ चौका र २ छक्का प्रहार गरे। ३० बलको सामना गरेका पाण्डेले ४ चौका र ४ छक्का प्रहार गरे।

दोस्रो ओभरमा नै सकिव मोहम्मदले मेडन सहित ३ विकेट लिएपछि भारत सुरुवातमा नै कमजोर भएको थियो। अभिषेक शर्माले भने १९ बलमा २९ रन जोडे। रिंकु सिंहले ३० रन जोडे।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ५९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।