तीन दिनको मौसम पूर्वानुमान – पूर्व र मध्यमा चट्याङसहित भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसम पूर्वानुमान – पूर्व र मध्यमा चट्याङसहित भारी वर्षाको सम्भावना


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानमा भने चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २३ गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति :देशभरी सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २४ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : २६ बजे

कांग्रेस संसदीय दलको बैठक : आगामी बजेटबारे छलफल

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२-८३ को

काठमाडौंमा ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न 

काठमाडौं– भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा काठमाडौंमा आयोजित

अछामबाट भीम रावललाई प्रचण्डको सन्देश : अरु ठाउँ किन भौतारिनु हुन्छ ? आउनुस् सहकार्य गरौं

धनगढी – यतिबेला नेकपा माओवादी केन्द्र मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण

‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’

धरान– नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले