च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान | Khabarhub Khabarhub

च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ। कप्तानको भेला र फोटो सुट हुनै छैन। यसअघि सन् २०१७ मा बेलायतमा च्याम्पियन्स ट्रफी आयोजना हुँदा उद्घाटन समारोह विना नै भएको थियो। त्यो समयमा पनि कप्तान भेटघाट तथा फोटो सुट राखिएको थियो। यस संस्करणमा यी दुवै कार्यक्रम राखिएका छैनन्।

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) दुवैले यस बारेमा कुनै कार्यक्रम जनाएका छैनन्। तथापि पिसिबीले प्रतियोगिताको दुई दिन अघि लाहोरमा १६ फेब्रुअरीको दिन उद्घाटन समारोहको आयोजना गर्ने जनाएको छ।

पिसिबीले उद्घाटन समारोहमा आइसिसीका अधिकारी उपस्थित हुने अपेक्षा गरेको छ। कप्तान भेला, फेटो सुट भने तालिका बनाउन अप्ठेरो भएका कारण आयोजना नगरिएको पिसिबीले जनाएको छ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेका कारण च्याम्पियन्स ट्रफी दुई देशमा आयोजना हुँदै छ। प्रतियोगिता पाकिस्तान र संयुक्त अरब इमिरेट्समा हुन लागेको हो। धेरै टोलीहरू ढिला मात्र पाकिस्तान पुग्ने कार्यक्रम छ। सम्भवतः अस्ट्रेलिया पनि प्रतियोगिता सुरु हुने दिन १९ फेब्रुअरीको दिन मात्र पाकिस्तान पुग्ने छ।

यस अघि अमेरिका र क्यारेबियन क्षेत्रमा भएको सन् २०२४ को टी-२० विश्वकपको दौरान पनि कप्तानको भेला तथा फोटो सुट गरिएको थिएन। विभिन्न सहरका अभ्यास खेलमा नै कप्तानहरू व्यस्त भएका थिए। आयोजकले प्रोजेक्टर मार्फत कप्तानको फोटो देखाएका थिए।

पाकिस्तानमा कप्तानको फोटो सुट हुने समयमा भारतीय कप्तान रोहित शर्माको समेत आवश्यकता हुन्छ। पछिल्लो समयसम्म बिसिसिआईले रोहितको पाकिस्तानमा उपस्थितिका बारे कुनै जानकारी नै दिएको छैन। भारत सरकारले नै क्रिकेट टोलीका कसैलाई पनि पाकिस्तानमा भ्रमणको अनुमति दिएको छैन।

भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण सन् २०१२ देखि यी दुई देशले द्विपक्षीय शृङ्खला खेलेका छैनन्। आइसिसीका प्रतियोगिता यी दुई टोलीको बिचमा भेट भइरहेको छ। यस बिचमा दुई आइसिसी प्रतियोगिताका लागि पाकिस्तानले भ्रमण गरेको छ। सन् २००८ यता भारतीय टोली भने पाकिस्तान गएको छैन।

भारतकै कारण यो प्रतियोगिता हाइब्रिड मोडलमा हुन लागेको हो। यसै कारण भारतका सबै खेलमा दुबईमा हुने छन्। भारत फाइनल प्रवेश गरे फाइनल खेल पनि पाकिस्तानमा हुने छैन। यो मोडल सन् २०२७ सम्म भारतमा हुने आइसिसी प्रतियोगिताका लागि समेत लागु हुनेछ। पाकिस्तानका लागि भारतबाहेक अन्यत्रको स्थानको खोजी हुने छ। यसै प्रतियोगिताका लागि लाहोर र कराँचीमा क्रिकेट मैदान पुन निर्माण भएका छन्। ७ फेब्रुअरीका दिन लाहोरमा श्रीलङ्का र न्युजिल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खलाको आयोजना हुँदै छ। कराँचीको राष्ट्रिय क्रिकेट रङ्गशालाको भने ११ फेब्रुअरीका दिन पाकिस्तानी राष्ट्रपति असिफ अलि जरदारीले उद्घाटन गर्ने छन्।

सन् २०१७ मा भारतलाई नै फाइनलमा हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। अहिले पनि यी दुई टोली नै समूह ‘ए’मा रहेका कारण पहिलो चरणमा नै भेट हुनेछ। समूह ‘ए’मा यी दुईको अलावा बङ्गलादेश र न्युजिल्यान्डको सहभागिता रहने छ। समूह ‘बी’मा अफगानिस्तान, अस्ट्रेलिया, इङ्गल्यान्ड र दक्षिण अफ्रिका सहभागी हुने छन्। भारत र पाकिस्तानको समूह चरणको खेल २३ फेब्रुअरीमा दुबईमा आयोजना हुने छ।

सन् २०१७ को च्याम्पियन्स ट्रफी भने धेरैका लागि यादगार छ। प्रतियोगिताको केही महिना अघिसम्म पाकिस्तानलाई धेरै माथिल्लो स्तरको टोलीको रूपमा लिइने गरिन्थ्यो। पाकिस्तान प्रतियोगिताको केही महिना अघि नयाँ कप्तान नियुक्त मोहम्मद रिजवानको नेतृत्वमा थियो र रिजवानको नेतृत्वमा अस्ट्रेलिया र दक्षिण अफ्रिकामा गएर शृङ्खला जितेको थियो।

प्रतियोगिताको फाइनलमा फाकर जमानको शतकमा पाकिस्तानले ३३८ रनको विशाल योगफल खडा गरेको थियो। सोही योगफललाई पछ्याउने क्रममा मोहम्मद अमिरले शीर्ष क्रममा भारतीय ब्याट्सम्यानलाई आउट गरे पछि भारतीय टोली १५८ रनमा सीमित भएको थियो। सो प्रतियोगितामा भारतका शिखर धवन उत्कृष्ट फर्ममा थिए। उनले ३३८ रन प्रहार गर्दै गोल्डेन ब्याट पाएका थिए। अर्को तर्फ हसन अलि प्रतियोगिताको उत्कृष्ट खेलाडी मात्र घोषित भएनन्। उनी सबै भन्दा धेरै विकेट लिने खेलाडी समेत बने। उनले १३ विकेट लिए।

अहिलेसम्म च्याम्पियन्स ट्रफीमा भारत पाकिस्तानका बिचमा पाँच पटक भेट भएको छ। ५ पटकको भेटमा तीन पटक पाकिस्तानले सफलता पाएको छ। अन्य आइसिसीको प्रतियोगितामा भन्दा च्याम्पियन्स ट्रफीमा पाकिस्तान हाबी भएको पक्कै हो।

चोटले सताइएको भारत
यस पटक भारतीय टोली चोटले ग्रसित छ। जसप्रित बुमराह टोलीमा अटाइएका छन्। तथापि उनको फिटनेस अझै भारतीय टोलीका लागि चिन्ताको विषय हो। इङ्गल्यान्डसँगको टी-२० शृङ्खलामा मोहम्मद सामी पनि खेलमा फर्किएका छन्। तर उनी पुरानो लयमा आउन अझै बाँकी छन्। कुलदीप यादव पनि पूर्ण रूपमा फिट छैनन्। तसर्थ यादवको स्थानका बारे पनि धेरै अन्योल छ। यी यावत कारणले गर्दा अबको टोली कता जाने भन्ने निश्चित छैन।

अहिले तीन फ्रन्टलाइन बलरको फिटनेसको समस्याका कारण भारतीय टोलीको भार आर्सदीप सिंहमाथि नै छ। इंग्ल्याण्डसँगको एक दिवसीय शृङ्खला सकिँदा सायद एक पटक भारतले पूर्ण टोली खेलाउने छ। टी-२० मा सबे भन्दा छाएका तिलक वर्मा र वरुण चक्रवर्ती भने च्याम्पियन्स ट्रफीको टोलीमा अटाएका छैनन्।

भारतीय टोली
रोहित शर्मा (कप्तान), शुभमन् गिल, श्रेयास ऐयार, यशस्वी जयसवाल, विराट कोहली, ऋषभ पन्त, लोकेश राहुल, रवीन्द्र जडेजा, हार्दिक पाण्डे, अक्षर पटेल, वासिङ्टन सुन्दर, आर्सदीप सिंह, जसप्रित बुमराह, कुलदीप यादव र मोहम्मद सामी।
स्रोतः क्रिकइन्फो, ओलम्पिक, इन्डिया टुडे

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ०८ बजे

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की – आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर

नेपालले दियो थाइल्याण्डलाई १०२ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’

गलकोट– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट

महानगर र अतिक्रमणकारीको जुधाइ, गरिखानेको मिचाइ !

काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय