गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन छलफल « Khabarhub

गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन छलफल


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको ११औँ वार्षिक बैठक काठमाडौंमा सुरु भएको छ ।

एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम)मा यस क्षेत्रका २३ देश सदस्य छन् । २३ सदस्य देशमध्ये बैठकमा १९ देशका ५५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

आइतबारसम्म चल्ने बैठकले एशिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानुनी व्यवस्था गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक रहेको बताए । नेपालमा गुणस्तरीय कृषि औजारको आयातका लागि मन्त्रालयले आवश्यक कानुनी प्रबन्ध गर्न लागेको शर्माको भनाइ छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद् श्रेष्ठले यो बैठकले २३ वटै देशले मान्ने गरी गुणस्तरीय कृषि औजारसम्बन्धी मापदण्ड निर्माण गर्ने बताए ।

एउटा देशमा परीक्षण भएका कृषि औजारलाई एशिया प्रशान्त क्षेत्रका २३ वटै देशले मान्यता दिने गरी कानुनी मान्यता दिने गरी मापदण्ड बन्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : २५ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार