सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू) | Khabarhub Khabarhub

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६ लेन  विस्तारको कामले गति लिएको छ ।

भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसै गरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ट्यारो परेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १० : ३५ बजे

नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक

काठमाडौं– नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया

पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं – पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची