नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने  « Khabarhub

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ ।

नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहाल र ‘इष्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरूबीच स्टोनियाको राजधानी तालिनमा भएको छलफलमा उक्त सहमति भएको हो ।

पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका दाहालले कमर्सकी निर्यात सेवासम्बन्धी विभागकी संयोजक लिईसी किर्सेनलगायतसँग भेटेका थिए । भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल–स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए ।

दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनले बताए ।

ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष समेत रहेका दाहालले छलफलका क्रममा आफूले नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्र (आईसीटी) मा लगानी गर्न आग्रह गरेको बताए ।

दाहालका अनुसार जवाफमा स्टोनिया चेम्बरका अधिकारीहरूले नेपालको भ्रमण गरी त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताएका छन् ।

आईसीटी र साइबर सुरक्षाको क्षेत्रमा अब्बल मानिएको स्टोनियाले नेपालसँग ‘इ–कमर्स’ को विषयमा सहकार्य गर्न चाहेको दाहालले बताए । नेपालका लागि निवर्तमान स्टोनियन राजदूत केटरिन किभीले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा यसअघि नै त्यसबारे प्रस्ताव राखेको भए पनि नेपालको तर्फबाट तत्परता आवश्यक नदेखाइएका कारण काम अगाडि बढ्न नसकेको दाहालको भनाइ छ ।

नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल हेर्ने स्टोनियाको राजदूतावास भारतको राजधानी नयाँदिल्लीमा छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ११ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका