महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग « Khabarhub

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छन् ।

क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोग प्रदान गरिएको हो । यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।  

गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८०  जना कार्यक्रममा समेटिएका छन् । लाभग्राहीलाई छ पटकसम्म पोषक तत्त्व प्रदान गरिन्छ । 

क्षयरोगीले औषधी खानअघि खानुपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो ।

रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलोग्राम  दाल एक किलो, तोरीको तेल एक लिटर, चना एक किलो ५०० ग्राम, गहुँको पिठो एक किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा शाकाहारी भए एक किलो सोयाबिन समावेश गरिएको छ । 

रोगी आश्रित पाँच वर्ष मुनिका बालबालिका भए थप दुई किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : ०३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक