'राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु'  | Khabarhub Khabarhub

‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’ 


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेको भन्दै सही–गलत छुट्याउन आग्रह गरेका छन् ।

काठमाडौं–१ मा रहेको विश्व निकेतन मावि ७९ औँ वार्षिक साधारणसभा समारोह सम्बोधनका क्रममा उनले विदेशमा बदमासी गरेका र चटेक प्रवृत्तिका राजनीतिमा देखिएको भन्दै सही र गलत नागरिकले छुट्याउन सक्नुपर्ने बताए । 

‘लहलहैमा लाग्यौँ भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । जनप्रतिनिधि ठीक भए मात्रै प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको काम अघि बढ्न सक्छ, सिंहले भने, ‘यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलो–ठूलो काण्ड गरेर नेपाल फर्किएर ठूलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् ।’ 

समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाज सेवाका रूपमा राजनीतिलाई लिएको भन्दै सिंहले राजनीतिमा लाग्ने सबै खराब छन् भन्ने भाष्य गलत भएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ३ : ४७ बजे

जाँचबुझ आयोगद्वारा क्षतिको विवरण मगाउने निर्णय

काठमाडौं- पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३

पाँचवटा धाराको व्याख्यासहित टीकाराम भट्टराईको टिप्पणी : संविधानमा ग्रहण लागिसक्यो, मिचिने खतरा बढ्यो

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले गत भदौ २३–२४ गते जेन–जी युवाहरूले

सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२

अर्थमन्त्रीले गरे दातृ निकायका स्थानीय प्रमुखहरूसँग छलफल

काठमाडौं– अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको

दशैँ लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण

भोजपुर– दशैँलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको