नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो « Khabarhub

नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको टिप्पणी गरेका छन् । 

काठमाडौंको कृष्णभोग पार्टी प्यालेसमा शनिबार आयोजित ‘बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रम’ सम्बोधन गर्दै उनले शासन सत्ताको एकल नश्लीय चिन्तन बदल्नु पर्ने बताए । 

शासन सत्ताको एकल नश्लीय चिन्तन बदलेर बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको अध्याक्ष महतोको भनाइ थियो ।  

महतोले युवा अब विदेश जाने नभएर देशमै स्वरोजगारमा लाग्नुपर्ने पनि बताए । युवाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष महताले नेपालमा अब ‘कम्युनिज्म’ र ‘क्याप्टलिज्म’को औचित्य नरहेको जिकिर गर्दै सबै स्वदेशवादी विचारधारामा लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा अध्यक्ष महतोले सिवेन्द्र यादव, तालिम अख्तर, आकाश साह, देवेन्द्र न्यौपानेको अगुवाईमा सयौं जनालाई पार्टीमा प्रवेश गराएको नेता केशव झाले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : ०१ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९