ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु « Khabarhub

ट्रम्पले गरेको अतिरिक्त करको निर्णय लागु


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ।

यसैगरी मेक्सिकोका सामान माथिको करको निर्णय लागु हुने डेट लाइन तय भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइसकेको बताएकी छिन्।

ट्रम्पको निर्णयको देश भित्र र बाहिर दुवै ठाउँमा विरोध भएको छ। नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएका छन्।

स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन्। यसैगरी अमेरिकी कृषक समूहले ट्रम्पको सो निर्णयको विरोध गरेका छन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ५४ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब