सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताएका छन् । 

वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उनले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गरे । 

‘खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ’, मुख्यमन्त्री कँडेलले भने । 

खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ भने । 

सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ३४ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि