सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताएका छन् । 

वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उनले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गरे । 

‘खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ’, मुख्यमन्त्री कँडेलले भने । 

खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ भने । 

सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ३४ बजे

रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ

काठमाडौं– प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट

आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी

सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग

गलकोट– जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती