काठमाडौं – गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको बिग्रिएको वैहाहिक सम्बन्ध अदालतमा प्रवेश गरेको छ । गायिका चौहानले शुक्रबार काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी हुन् ।
एलिनाको र विष्णुको सम्बन्ध बिग्रिएको कुरा केही साताअघि नै सार्वजनिक भएको हो । तर, पुष्टि हुने आधार थिएन । दुवैले यसबारे सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।
एलिनाले मुद्दा दायर गरेपछि सम्बन्ध बिग्रिएको तथ्य पुष्टि भयो । यससँगै एलिनाले आफ्नो मौनता पनि तोडेकी छन् ।
एलिनाले ५ मिनेटभन्दा लामो भिडियो टिकटक र फेसबुकमा सार्वजनिक गर्दै पतिसँग बिग्रिएको सम्बन्धबारे पहिलो पटक सार्वजनिक रुपमा बोलेकी बोलिन् ।
उक्त भिडियोमा एलिनाले विवाह गर्न हतार भएको आत्मसमीक्षा गरेकी छन् ।
पति र आफूबीचको मनमुटावनले ठूलै दुर्घटना पर्ने जोखिम भएकाले अदालती प्रक्रियामा आफू गएको उनको दाबी छ ।
उनले भनेकी छन्, ‘मनमुटाव हुँदा हुँदै पछि दुर्घटना हुन सक्छ । अहिले त केही भएको छैन ।’
प्रेम सम्बन्ध समधुर नहुँदै विवाह गर्नु आफ्नो गल्ती भएको उनको आशय छ । तर, प्रेममा हुँदा हुने मनमुटाव विवाह पश्चात हल हुने आफ्नो सोचाइ वास्तविकतासँग मेल नखाएको उनले खुलाएकी छन् ।
भनेकी छन्, ‘हाम्रो प्रेम सम्बन्ध हुँदा पनि धेरै खटपट हुन्थ्यो । मैले सहन्छु एक दिन त ठीक भइहाल्छ भन्ने सोचेको थिएँ । तर, त्यस्तो भएन । उहाँले पनि यति सहने कटीसँग मेरो जीवन चल्छ भनेर विवाह गर्नुभयो । तर समय बित्दै जाँदा मैले सहन सकिनँ ।’
यद्यपि दुवै पक्षको परिवार र आफूहरु दुवैको सल्लाहमा आफूले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको उनको भनाइ छ ।
उक्त भिडियोमा एलिना बोल्दा बोल्दै भक्किानिएको पनि देखिन्छ । अब नयाँ जीवनको सुरुवात गर्ने योजना हरेकाले यो सम्बन्धबिच्छेदको विषयलाई बढवा नदिन उनले आग्रह गरेकी छन् ।
उनले विष्णुप्रति पनि सहानुभूति राखेकी छन् । शुभचिन्तकलाई विष्णुलाई गाली नगर्न आग्रह गर्दै उनले भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफैँले गाली खाएको जस्तो चित्त दुख्दो रहेछ । मलाई यो बेला साथ दिन्छु भनेर सोच्नेहरुले मलाई साथ दिनु तर उहाँ(विष्णु) लाई गाली नगर्नू । बरु मलाई नै गाली गर्नू ।’
सम्बन्धबिच्छेदको विषय सोध्न अनावश्यक फोन आएकाले आफू झन् तनाव रहेकोसमेत उनले खुलाएकी छन् ।
यता, विष्णु भने अस्ट्रेलियामा छन् । उनी हँसमुख मुद्रामा टिकटक बनाएर सार्वजनिक गरिहेका छन् । तर उनलाई सामाजिक सञ्जालमा गालीको ओइरो छ ।
कतिसम्म भने विष्णुले एलिनाको उक्त भिडियो टिकटकमा ‘रिपोस्ट’समेत गरेका छन् ।
एलिना गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएकी हुन् । उनीहरूले लामो सयम प्रेममा रहेर विवाह गरेका थिए ।
प्रतिक्रिया