दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ महिला टी २० विश्व कप | Khabarhub Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ महिला टी २० विश्व कप


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी महिला यू-१९ टी२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनल भिडन्तमा भारतीय महिला टिमले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि चुमेको हो ।

आइतबार मलेसियाको क्वाआलालम्पुरमा दक्षिण अफ्रिकाविरुद्धको उपाधि भिडन्तमा भारतले नौ विकेटको जित निकालेको हो ।

दक्षिण अफ्रिकाको महिला टोलीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८२ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा भारतले ८.४ ओभरमा ८३ रन बनाउँदै उपाधि पक्का गर्‍यो ।

भारतको तर्फबाट बलिङका क्रममा तृषा गोंगाडीले ३, पारुणिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २-२ विकेट झारे । अर्कातिर भारतीय टोलीकोतर्फबाट ब्याटिङमा तृषा गोंगाडीले नै सबैभन्दा धेरै ४४ रन बनाइन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ५३ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन