सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन « Khabarhub

सञ्चारमन्त्री गुरुङले गरे मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । आज मर्स्याङ्दी–८ स्थित भुलभुलेमा एक कार्यक्रमकाबीच उनले नवनिर्मित गाउँपालिकाको भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, ‘२८ वटा कोठाको तीन तले भवन सम्पन्न भएसँगै जनतालाई सेवा प्रवाह गर्न सहज हुने भएको छ ।’ यसअघि साँघुरो ठाउँबाट सेवा दिनुपर्दा जनताले धेरै विविध दुःख समस्या भोगे पनि त्यो अब हट्ने उनको भनाइ छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइले नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिकाअन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेको बताए । 

गाउँपालिकाका अनुसार ठेकेदारले निर्धारित समयभन्दा करिब पाँच महिनाअघि भवन सम्पन्न गरेको छ । विसं २०८२ जेठ २३ गतेसम्म समयसीमा तोकिएको थियो । 

कूल आठ करोड ९७ लाख ९६ हजार चार सय ७१ रुपैयाँ लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा विसं २०८० जेठ २३ गते पाँच करोड ९७ लाख ६६ हजार सात सय चार रुपैयाँमा भवन निर्माणको सम्झौता गर्दै काम अगाडि बढेको थियो । 

गाउँपालिकाका अनुसार सङ्घीय सरकार र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरी भ्याटसहित पाँच करोड ९७ लाख ६६ हजार सात सय चार रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो । गाउँपालिकाको नयाँ भवन बनेसँगै स्थानीय खुसी भएका छन् ।
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ४२ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप

नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस