विदेश पढ्न र भ्रमणका लागि नेपालीले खर्चिए १ खर्ब बढी « Khabarhub

विदेश पढ्न र भ्रमणका लागि नेपालीले खर्चिए १ खर्ब बढी


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र पढ्न १ खर्ब बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण गर्न र पढ्ने नाममा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन् ।

‘समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.५६ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको थियो’, राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ४७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका