जिरी भ्रमण वर्ष फागुनदेखि : ५० हजार पर्यटक भित्र्याइने | Khabarhub Khabarhub

जिरी भ्रमण वर्ष फागुनदेखि : ५० हजार पर्यटक भित्र्याइने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपालको स्वीट्जरल्यान्ड उपनामले परिचित दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउने भएको छ ।

समृद्ध  जिरीको आधार: कृषि, पर्यटन र पूर्वाधारको दीर्घकालीन सोच सहित कृषि र पर्यटनको क्षेत्रमा विशेष लगानी एवम् कार्यक्रम सहित जिरीलाई क्लिन जिरी, ग्रिन जिरी, अर्ग्यानिक जिरी बनाउने लक्ष्य लिएर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन क्षेत्रमा १६ वटा विशेष नीति तथा कार्यक्रममा समेटी आव  २०८१/०८२ लाई ५० हजार पर्यटक जिरी भित्र्याउने लक्ष्य सहित जिरी भ्रमण वर्ष घोषणा गरेको थियो ।

नगरले स्वीकृत जिरी भ्रमण वर्ष कार्यक्रमलाई परिमार्जन गरी जिरी भ्रमण वर्ष मनाउने गरी जिरी भ्रमण वर्ष 2025 आयोजना गर्ने गरी १५ औँ नगरसभाबाट निर्णय गरेर जिरी भ्रमण वर्ष २०२५ सुरु गर्न लागेको हो।

जिरी नगरपालिका प्रमुख मित्र जिरेलले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर जिरी भ्रमण वर्षका मुख्य उद्देश्यहरू सार्वजनिक गरेका हुन्।

नगरप्रमुख जिरेलले जिरीको विशिष्ट भौगोलिक विशिष्टता, यहाँको सामाजिक, सांस्कृतिक, र धार्मिक धरोहर, जिरीको लोभलाग्दो हावापानी, यहाँको जैविक विविधता लगायतका पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचार प्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक जिरी भित्र्याई पर्यटनलाई जिरीको मुख्य आर्थिक आधारको रूपमा स्थापित गर्न सहयोग पुऱ्याउने उद्देश्यले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउन लागिएको बताए।

त्यसै गरी भ्रमण वर्षमा जिरीलाई नेपालकै आकर्षक एवम् बागमती प्रदेशको प्रमुख पर्यटकीय नगरीको रूपमा विकास गर्ने आधार तयार गर्ने उल्लेख गरे।

नगर प्रमुख जिरेलले जिरी भ्रमण वर्षका मुख्य लक्ष्य अन्तर्गत विभिन्न कार्यक्रम एवम् क्रियाकलापको माध्यमबाट सन् 2025 भित्र कम्तीमा १ दिन बास बस्ने गरी कम्तीमा ५० हजार पर्यटक भित्र्याउने ।

कार्यक्रम अवधिभर जिरीमा कम्तीमा २५ करोड बराबरको आर्थिक क्रियाकलाप हुने गरी विविध कार्यक्रम गर्ने नगरले लक्ष्य लिएको बताए।

 जिरीमा नियमित पर्यटक ल्याउन प्रत्येक वर्ष कम्तीमा २५ हजार पर्यटक वास बस्ने गरी भ्रमण गर्ने वातावरण तयार गर्ने समेत उल्लेख गरे। त्यसै गरी उनले भ्रमण वर्षको लागि हालसम्म नगरले गरेको पूर्व तयारीको सन्दर्भमा समेत जानकारी गराए ।

जिरी भ्रमण वर्षलाई सफल पार्न र बढी पर्यटक जिरी भित्र्याउन स्थानीय सरोकारवालाहरू बीच छलफल गरेर जिरीका पर्यटकीय स्थलहरू, यहाँको सामाजिक, सांस्कृतिक आर्थिक गतिविधिको उजागर गर्ने प्रचार प्रसार सामग्रीहरू (फोटो पुस्तक प्रचारात्मक भिडियो, ब्रोसर, पर्यटन गन्तव्य सूचना बोर्ड आदि) तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिए।

त्यसै गरी  जिरी भ्रमण वर्ष कार्यक्रमलाई सफल बनाउन आवश्यक साझेदारी सहयोग एवम् समन्वयका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ केन्द्रीय कार्यालय, बागमती प्रदेश मुख्यमन्त्री कार्यालय लगायतका सम्बन्धित निकायमा छलफल एवम् सहयोगको लागि अनुरोध गरिएको बताए ।

 पत्रकार सम्मेलनमा उनले जिरी स्थित पर्यटन गन्तव्य स्थलहरूको सरसफाइ, मर्मत सम्भार गर्ने कार्य भइरहेको तथा जिरीमा आउने पर्यटकहरूलाई खाने बस्ने व्यवस्थापन लगायतका आतिथ्यतालाई व्यवस्थित बनाउन जिरी स्थित होटल व्यवसायीहरूसँग छलफल गरी खाना तथा बासको दररेटको प्याकेज निर्धारण गरिएको समेत उल्लेख गरे ।

नगरले भ्रमण वर्ष मनाउन जिरी पुग्ने पर्यटकको लागि एक दिनको होटल प्याकेज एक हजार देखि एक हजार पाँच सयसम्म निर्धारण गरेको छ।

सन् २०२५ भर जिरी आउने पर्यटकहरूलाई आवश्यक सूचना उपलब्ध गराउनुको साथै पर्यटकको भ्रमण सहजीकरण गर्न जिरी बजारमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने कार्य भइरहेको,पर्यटकको यात्रा सहजीकरणलाई बाटो निर्देश सूचना बोर्ड, पर्यटकीय गन्तव्य जानकारी सूचना बोर्ड जडान कार्य भइरहेको छ । 

नगरले जिरी भ्रमण वर्षको लोगो र नारा कार्यपालिकाबाट स्वीकृत समेत गरेको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए।जिरी भ्रमण गर्न आउने पर्यटकहरूको यात्रा सहजीकरण गर्न स्थानीय यातायात व्यवसायीहरूसँग यात्रा रुट र भाडादर निर्धारण गर्न छलफल गर्ने नगरले योजना बनाएको छ । नगरले जिरी भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन यहीँ फागुन ३ गते गते गर्ने भएको छ ।

जिरीको मुख्य मुख्य पर्यटकीय गन्तव्य, यहाँको मनोरम दृश्य, सांस्कृतिक विविधता, स्वच्छ वातावरणसहितको जिरीको चिनारी भिडियो, ब्रोसर लगायतका प्रवर्द्धनात्मक सामाग्री तयारी एवम् प्रचार प्रसार तयारीलाई तीव्रता दिएको छ।भ्रमण वर्ष सफल पार्न जिरीको विकास र समृद्धि सँगै जिरीलाई विश्वमा चिनाउने स्वीट्जरल्यान्डका नागरिक टोनि हेगनकी छोरी डाक्टर क्याट्रिन हेगनको टोली जिरी भ्रमण तथा जिरी स्वीट्‌जरल्याण्ड समिक्षा सहित फोटो प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यसै गरी आउँदो चैतमा जिरी म्यानिया (बुलेट मोटरसाईकल र्यालि, सॉस्कृतिक कार्यक्रम) जिरीमा थप पर्यटक पूर्वाधार विकासको लागि योजना तर्जुमा साझेदारी एवम् लगानीको लागि आह्वान गरेको छ ।

पर्यटकहरूको भ्रमणलाई सहज बनाउन एवम्  मनोरञ्जन सहितको आतिथ्यता प्रदान गरी बसाई लम्बाउन होटल व्यवसायीहरूलाई तालिम, पर्यटकको गाईडको प्रबन्ध, पर्यटन सूचना केन्द्रको स्थापना, जिरी बजार आसपासमा सांस्कृतिक कला केन्द्रको स्थापना गरी नियमित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने नगरको लक्ष्य रहेको कार्यकारी सापकोटाले बताए ।

नगरले भ्रमण वर्षभर साइकल रूट, पदयात्राको रुट निर्धारण गरेरे हनुमन्ते, क्याङ्से, चेर्दुड, रामबोले,जिरेस्वरी ,स्टोनपार्क, पुम्पा, पाँचपोखरी, जट्टापोखरी भ्रमण एवम् स्टेको व्यवस्थापन गर्ने समेत योजना बनाएको छ । 

त्यसै गरी नगरले सम्भावित क्षेत्रमा होम स्टे सञ्चालन, जिरीको पर्यटन प्रवर्द्धनका लागि अन्तर सरकार सहयोग विषयक अन्तरक्रिया कार्यक्रम, कृषि मेलखेलकुद सप्ताह, गुरास मेला, स्ट्रिट फुड फेष्टिवल र जिरीमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्‌को बैठक प्रस्ताव गर्ने समेत जनाएको छ ।-सुबास बस्नेत

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ५७ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति