मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ « Khabarhub

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताएका छन् ।

लमजुङस्थित मर्स्याङ्दी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पछि सञ्चार मन्त्री गुरुङले मुलुक असफल हुनबाट जोगाउन दुई ठूला दल एक जुट हुनुपरेको धारणा राखे । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गुरुङले ठूला दलबीच गठबन्धन गर्नुपर्ने अवस्था आउनुको कारण विगतमा अस्थिर र बेथितिको सत्ता शासन प्रवृत्ति रहेको उल्लेख गरे ।

हालको गठबन्धन सरकारले जनतालाई सुशासन, सेवा, विकास र समृद्धिको बाटोतर्फ डो(याउन खोजेको सञ्चार मन्त्री गुरुङको भनाइ थियो । यसै उद्देश्यका साथ सरकारले संसद्मा ल्याएको ६ अध्ययादेश जसरी पनि पास गराउनुपर्ने उनले बताए। यद्यपी संसद्मा अध्ययादेशको विरोध गरेर प्रतिपक्षि दलले जनताको अहित गरिरहेको उनले बताए ।

“जनताको समृद्धि टेकेको अध्ययादेशको विरोध गर्नु ठिक होइन,” सञ्चार मन्त्री गुरुङले भने, “मुलुकको विकास र उन्नति चाहनेले छिटोभन्दा छिटो अध्ययादेश पास गराउन सघाउनुपर्छ ।”

अबको ६० दिनभित्र सरकारले ल्याएका अध्यादेश पास गरेर नेपालमा सुशासन कायम गराउने सञ्चार मन्त्री गुरुङले बताए । साथै उनले एमाले र कांग्रेसबीचको सात बुँदे सहमती पूरा नहुँदासम्म वर्तमान सरकार रहिरहने उनले बताए ।

सहमति बुँदामा भएको महत्वपूर्ण विषय संविधान संशोधन रहेकाले यो गठबन्धन सरकारले संविधान संशोधनसमेत गर्ने सञ्चार मन्त्री गुरुङको भनाइ थियो ।

“सङ्घीय शासन प्रणाली लोकतन्त्रको प्रभावकारी शासन प्रणाली हो । संविधान संशोधन गरेर समय सापेक्ष बनाउन आवश्यक छ,” उनले भने, “सबैको साझा सहमतिबाटै संशोधन प्रक्रिया पुरा गछौँ ।”

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ०२ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन