सिंहका अगाडि स्यालहरु आएर हल्ला गर्दैमा सिंह र स्यालको तुलना हुँदैन– प्रचण्ड « Khabarhub

सिंहका अगाडि स्यालहरु आएर हल्ला गर्दैमा सिंह र स्यालको तुलना हुँदैन– प्रचण्ड


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई वदनाम गर्नका लागि केही तत्व लागिरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा तत्कालिन नेकपा माओवादीका पोलिटव्यूरो सदस्य सुरेश वाग्ले (वासु) को स्मृति दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले गणतन्त्र र संघर्षलाई वदनाम गराउन केही तत्व सक्रिय रहेको दाबी गरे ।

‘केही तत्व गणतन्त्र र बलिदानीलाई बदनाम गराउन सक्रिय छन्,’ प्रचण्डले भने,‘सिंहका अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना गर्न मिल्दैन ।’

जनताले सरकारबाट ठूलो अपेक्षा गरेको र सरकारले पनि त्यस अनुसार कै काम गरिरहेको भएपनि त्यसको प्रचार हुन नसकेको उनले बताए । त्यसलाई अझ प्रभावकारी बनाउन पार्टीले विशेष अभियान नै चलाउने उनको भनाइ थियो ।

प्रचण्डले वासु जस्ता क्रान्तिकारीले देखेको सपना पूरा गर्नका लागि क्रान्तिकारीहरु लाग्नु पर्ने बताए ।

पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता बढी नै आत्मकेन्द्रीत, व्यक्ति वादी, आदर्शबाट विचलन तिर जान खोजेको आभास भएको भन्दै प्रचण्डल यस्तो बेलामा क्रान्तिकारी सहिदलाई स्मरण गर्दै पार्टीलाई थप क्रान्तिकारी दिशा तर्फ अघि बढाउनु पर्ने बताए ।

‘समाजवादी आदर्शतिर उन्मुख भएको क्रान्तिकारी पार्टी र जनताको सेवामा समर्पित पार्टी नै हो भन्ने प्रतिवद्धता गरेउ भने मात्र सुरेश वाल्ले लगायतका सहिदहरु प्रति सच्चा सम्मान ठहर्छ ’ प्रचण्डले भने ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ०१ बजे

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि