अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण « Khabarhub

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।

वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो । 

वन क्षेत्रभित्र वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी भूमिगत रूपमा पुनः रिचार्ज गर्ने उद्देश्यले निर्माण गरिएको यो संरचनाले यस क्षेत्रका प्राकृतिक मुहानलाई दीर्घकालसम्म संरक्षण गर्न सहयोग पुग्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले विश्वास व्यक्त गरे । 

उक्त रिचार्ज पोखरीभन्दा करिब ५०० मिटर तल वनक्षेत्रमा सात वटा प्राकृतिक पानीका मुहान पनि छन् । ती मुहानबाट स्थानीय बासिन्दाले पिउन तथा अन्य दैनिक प्रयोजनका लागि पानी प्रयोग गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा वर्षा अनियमित हुने तथा पुरानो प्राकृतिक दह सुक्दै गएपछि ती मुहानमा पानीको मात्रा क्रमशः घट्न थालेको छ ।

स्थानीयवासीले पानीका स्रोत सुक्दै गएको गुनासो गरेपछि डिभिजन वन कार्यालयले सोही स्थानमा वर्षभरि पानी रहने गरी नमूना रिचार्ज पोखरी निर्माण गरेको जनाएको छ । 

सूचना अधिकारी खड्काका अनुसार गहुँखर्कको उक्त स्थान विगतमा प्राकृतिक दहका रूपमा परिचित थियो । ‘समयक्रममा दह पुरिँदै र सुक्दै गएपछि यसबाट पुनर्भरण हुने भूमिगत जलको मात्रा घट्न पुग्यो । परिणामस्वरूप दहमुनि रहेका सातवटै प्राकृतिक मुहानमा पानीको बहाव कम हुँदै गयो । यही अवस्थालाई मध्यनजर गर्दै वर्षायाममा सङ्कलित पानीलाई भूमिगत रूपमा पुनः रिचार्ज गराउने उद्देश्यले पोखरी निर्माण गरिएको हो’, उनले भने ।

यस संरचनाको मुख्य उद्देश्य सात वटा प्राकृतिक मुहानको दीर्घकालीन संरक्षण गर्नु रहेको सूचना अधिकारी खड्काले बताए । वर्षायाममा पोखरीमा सङ्कलित पानी विस्तारै जमिनभित्र सोसिएर भूमिगत जल भण्डार बढाउने भएकाले मुहानहरूमा वर्षभरि पानीको मात्रा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको