दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ « Khabarhub

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिई भक्तपुरको ठिमीस्थित घरमा छाडिएका उनले यस्तो दाबी गरेका हुन् ।

प्रसाईंले शाह नेतृत्वको सरकार दशैँसम्म मात्रै टिक्ने दाबी गरे । आइतबार घरमै पत्रकार सम्मेलन गर्दै उनले यो सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे ।

‘दशैँसम्म हेर तिमीहरू । दशैँसम्म टिकाओ । जुन बाटो आएको थियौ, त्यही बाटो जान्छौँ । जुन तरिकाले बम बारुदको धुलो र आगोको लप्का थियो नि, त्यही तरिकाले तिमीहरू जाँदैछौ’, उनले भने, ‘सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका होइनौँ ?’

उनले आफूलाई भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको बताउँदै फसाउन लागिरहेको थाहा पाएकाले त्यो सफल नहुने पनि बताएका छन् ।

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्न बाध्य बनाएको पनि बताएका छन् ।

गृहजिल्ला झापाबाट काठमाडौं आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिई घरमा लगेर छाडेको थियो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ४६ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त