सुदन किराती भन्छन्- प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ | Khabarhub Khabarhub

सुदन किराती भन्छन्- प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पार्टीभित्र प्रश्नको मृत्यु भएमा नेतृत्वको स्वेच्छाचारित बढ्ने बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका उनले अखिल क्रान्तिकारीको चुनावको सन्दर्भ कोट्याउँदै पार्टी विभाजनबारे चलाइएको हल्लालाई पनि अपवाह भनेका छन् । ती हल्लालाई गलत भन्दै उनले त्यसमा आपत्ति पनि जनाएका छन् ।

‘माओवादी पार्टी फुट्न पनि दिइने छैन, पार्टीभित्र प्रश्नको मृत्यु पनि हुन दिइने छैन’, उनले भने, ‘पार्टी फुटले सहिद, देश र जनतालाई धोका हुन्छ । पार्टीभित्र पश्नको मृत्यु भएमा स्वेच्छचारिता अझै बढ्दै जानेछ ।’

पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले इतिहासको अनुभवले पनि यस्ता दुवै प्रवृत्ति प्रवृत्तिलाई गद्धार र धोकेबाजका रुपमा ठहर गरिसकेको बताए ।

‘पार्टीमा स्वेच्छचारी नेतृत्वले सहिदको सपना पूरा गर्न सक्दैन । आजको देश र जनताको नेतृत्व पनि गर्न सक्दैन’, उनले भने, ‘त्यसैले दुवै प्रवृत्ति हामीलाई अस्वीकार्य हुन्छ । माओवादी फुट्दैछ भन्दै भट्टीमा बसेर हल्ला गर्ने पात्र र प्रवृत्तिहरू रक्सी खपत गरेर आफ्नै स्वास्थ्य बिगारिरहेको देख्दा दु:ख लाग्छ ।’

उनले प्रश्नबिनाको पार्टी र इन्धनबिनाको साधन दुवै गन्तव्यमा पुग्न नसक्ने पनि बताए । ‘आजका कार्यकर्ता यति कुरामा प्रष्ट हुनै पर्छ’, उनले भने, ‘तर प्रश्न यान्त्रिक, पूर्वग्राही र निरपेक्ष हुनु भएन ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : २३ बजे

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका

जेन-जी आन्दोलन : मृतक नेपाली नागरिकका परिवारलाई जनही १५ लाख निकासा गरिने

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली

राजस्व अनुसन्धानसहित तीन निकाय प्रधानमन्त्री कार्यालयबाट अर्थ र गृहमा फिर्ता

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालमा आफूमातहत लगेका

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं– अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको