मुक्कुम्लुङ तनाव : केबलकारकाे विरोध गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

मुक्कुम्लुङ तनाव : केबलकारकाे विरोध गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर त्यहाँस्थित आदिवासी जनजातिले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चलिरहेको छ ।

त्यही आन्दोलनका क्रममा सोमबार काठमाडौंको माइतीघरमण्डलमा प्रतीकात्मक प्रदर्शन भएको हो । पाथीभर क्षेत्रमा माघ १२ गते भएको झडपलाई देखाउने गरी नाटकसहित प्रदर्शन गरिएको हो।

माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर चारजना घाइते भएका थिए ।

मुक्कुम्लुङ ताङसेपा चुम्बो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा मुक्कुमलुङ अतिक्रमणविरुद्ध प्रदर्शन गरेका हुन् । त्यही क्रममा सडक नाटक पनि देखाइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै