मुक्कुम्लुङ तनाव : केबलकारकाे विरोध गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

मुक्कुम्लुङ तनाव : केबलकारकाे विरोध गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर त्यहाँस्थित आदिवासी जनजातिले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

स्थानीयसँग छलफल नै नगरी पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको निजी कम्पनीलाई केबलकार बनाउन दिएको भन्दै आन्दोलन चलिरहेको छ ।

त्यही आन्दोलनका क्रममा सोमबार काठमाडौंको माइतीघरमण्डलमा प्रतीकात्मक प्रदर्शन भएको हो । पाथीभर क्षेत्रमा माघ १२ गते भएको झडपलाई देखाउने गरी नाटकसहित प्रदर्शन गरिएको हो।

माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर चारजना घाइते भएका थिए ।

मुक्कुम्लुङ ताङसेपा चुम्बो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा मुक्कुमलुङ अतिक्रमणविरुद्ध प्रदर्शन गरेका हुन् । त्यही क्रममा सडक नाटक पनि देखाइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ३१ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक