माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी « Khabarhub

माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ ।

यो बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टीको आगार्मी कार्यदिशासहित केही प्रदेश इन्चार्ज पनि परिवर्तनसहितका विषयमा छलफल भइरहेको छ ।

गत पुस २१-२३ सम्मको केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको अवस्थामा पदाधिकारी बैठक बसेको हो ।

माओवादीले यसअघि पेरिसडाँडामा कार्यविभाजनबारे छलफल गरे पनि कुरा मिलेको थिएन । पुसमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएका थिए ।

दाहालले पुनकै इच्छाअनुसार उनलाई पार्टीमा सक्रिय गराइएको जवाफ त्यसबेला दिएका थिए । केन्द्रीय समिति बैठकमा पुनको आशन पनि अन्य उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, कृष्णबहादुर महरा र पम्फा भुसालसँगै मञ्चको अग्रभागमा थियो ।

तर पुनलाई पार्टीमा दिइने जिम्मेवारीबारे नेताहरूबीच सहमति हुन नसक्दा समस्या भएको थियो । त्यहीकारण अध्यक्ष दाहालले पुनलाई पनि पदाधिकारी बैठकमा सहभागी गराएर जिम्मेवारी तोक्न लागेका हुन्। सम्भवत: पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरिनेछ ।

यो बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी छन् । पुसको केन्द्रीय समिति बैठकमा भाग लिएसँगै पुनले माओवादीमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् । अब उनलाई औपचारिक रुपमा उपाध्यक्ष बनाएर फेरि माओवादी राजनीतिमा फर्काउने तयारी प्रचण्डले गरिसकेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ४२ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर