भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली « Khabarhub

भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली रहेको एक रिपोर्टले देखाएको छ । रक्षासम्बन्धी प्रतिष्ठित वेबसाइट ग्लोबल फायरपावर डट कमले हालै सार्वजनिक गरेको रिपोर्टमा भारतीय वायुसेना संसारकै चौथो रहेको उल्लेख छ ।

उक्त वेबसाइटले विश्वभरिका वायुसेनाको मूल्यांकनका आधारमा उक्त रिपोर्ट सार्वजनिक गरेको हो । वायुसेनासँग रहेका लडाकु विमान, हेलिकोप्टर, अन्य सहयोगी विमानसहित कुल विमान सङ्ख्याका आधारमा उक्त रिपोर्ट निकालेको हो ।

ग्लोबल फायरपावरको रिपोर्टमा अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली वायुसेनाको रूपमा अग्रस्थानमा छ भने रुस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

हाल भारतसँग २ हजार २ सय ९६ वटा विमान रहेको जनाइएको छ । भारतपछि दक्षिण कोरिया र जापान क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । पाकिस्तान भने सूचीको सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ४० बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।