पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन | Khabarhub Khabarhub

पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई दिनु पर्ने बताएका छन् । 

सोमबार माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको विरोध प्रदर्शन कार्यक्रममा अध्यक्ष महतोले लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै नहुने बताएका हुन् । 

उनले भने, ‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन ।’

उनले भने, ‘अहिले केबलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर वार्ताको नौटङ्की गर्दै छ । यसरी तर्साएर डराएर धम्काएर वार्ता हुँदैन ।’

राज्यले सधैँ दमन गर्ने, गोली हान्ने जस्तो कार्य गर्दै आएको आयो अब सबै मिल्नु पर्ने उनकाे भनाइ छ ।  उनले केवल लिम्बु समुदायको सहभागिताले मात्र नभई सम्पूर्ण उत्पीडितहरूको एकता आवश्यक रहेको बताए । 

‘यो सवाल केबलकार वा रोजिरोटीसँगमात्र सम्बन्धित होइन, वैचारिक दार्शनिक सवाल पनि हो । विजय प्राप्तकोनिम्ति स्वदेशी सत्ता चाहिन्छ । त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ । मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पार्दै छ।’ उनले भने, ‘अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ।’

उनले नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबैलाई एकजुट हुन आह्वान गरे ।

उनले भने, ‘अब लिम्बू एक्लै छैन, उ सँग मधेस उभिएको छ । एक्लै लड्दा गरिएको दमन झैँ सधैँ दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इट को जवाफ पत्थरले दिइने छ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ४० बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय