डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु | Khabarhub Khabarhub

डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विकास भएको डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु भएको छ । डिपसिकले ताइवान, उइग्युर, तिब्बतजस्ता विषयमा सेन्सरसिप गर्दै आएको छ ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर समुदायको हकहितका लागि काम गर्दै आएको क्याम्पेन फर उइग्युुर नामक संस्थाले डिपसिकमार्फत् प्रयोगकर्ताको डेटामा अनधिकृत पहुँच पु¥याउने भन्दै चिन्ता प्रकट गरेको छ ।

त्यसबाहेक यसले चिनियाँ कम्युनिट पार्टीको प्रचार गर्ने सम्भावना पनि उत्तिकै रहेको उक्त संस्थाले जनाएको छ ।

क्याम्पेन फर उइग्युरले डिपसिकले प्रयोगकर्ताको आईपी ठेगाना र अन्य डिजिटल सूचनामा पहुँच पु¥याएर चीनमा भण्डारण गर्ने भएकाले कम्युनिष्ट पार्टीले उक्त डेटाको दुरुपयोग गर्नसक्ने चिन्ता जाहेर गरेको छ ।

उक्त संस्थाकी कार्यकारी निर्देशक रुशन अब्बासले लामो समयदेखि चीन सरकार मानव अधिकार उल्लंघनका घटनामा संलग्न रहेको भन्दै आफ्नो समुदायका यस विषय निकै संवेदनशील रहेको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ३३ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको