चीनले श्रव्य हतियार प्रयोग गरेर फिलिपिनी तटरक्षकलाई दुर्व्यहार गरेको आरोप | Khabarhub Khabarhub

चीनले श्रव्य हतियार प्रयोग गरेर फिलिपिनी तटरक्षकलाई दुर्व्यहार गरेको आरोप


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण चीन सागरमा फिलिपिनी तटरक्षकलाई दुःख दिन चीनले श्रव्य हतियारको प्रयोग गरेको फिलिपिन्सले आरोप लगाएको छ ।

लामो दुरीसम्म उच्च डेसिबलमा आवाज निकाल्ने उक्त श्रव्य हतियारले सुन्ने शक्तिमा हानी पु¥याउने फिलिपिन्सको आरोप छ ।

फिलिपिन्सको तटरक्षक बलका प्रवक्ता कोमोडोर जे टारिएलाले फिलिपिनी तटरक्षकमाथि दुव्र्यवहार गर्ने अभिप्रायले चीनले श्रव्य हतियार प्रयोग गरेको आरोप लगाएका हुन् ।

बीआरपी काब्रा नामक फिलिपिनी युद्धपोतलाई नजिकै आउन नदिनका लागि चिनियाँ युद्धपोतले यस्तो हतियार प्रहार गरेको उनको आरोप छ ।

चिनियाँ युद्धपोतबाट दुव्र्यवहारको सामना गरेपनि बीआरपी काब्राले पश्चिम फिलिपिनी सागरमा आफ्नो अभियानलाई निरन्तरता दिइरहेको फिलिपिनी तटरक्षक बलको भनाइ छ । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिमी फिलिपिनी सागर भन्ने गरेको छ ।

दक्षिण चीन सागर र फिलिपिन्सबीच निकै लामो समयदेखि सार्वभौमिकताको विवाद रहँदै आएको छ । यी दुई मुलुकबीच पछिल्ला केही महिनायता उक्त समुद्री क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ३६ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर