आज २०८१ साल माघ २२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २२ गते मंगलबारको राशिफल


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २२ गते मंगलबार माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ४ तारिख। विश्व क्यान्सर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मन शान्त र खुशी रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नुपर्ने समय छ। शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुने भएकाले औषधीलाई नियमित गर्नुपर्ने आवश्यकता छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : अढैया शनिको प्रभावले सानो कुराले मनमा तनाव बढ्नेछ। शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ। अध्ययनमा समय दिएमा दिन सहज बन्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंह : शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन्। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ। धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन्।

कन्या : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ।

तुला : परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ।

वृश्चिक : दिन सामान्य छ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

मकर : धनस्थानमा भएका शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

कुम्भ : शुभग्रहको बल भएकाले महत्त्वपूर्ण काम बन्नेछन्। काम गर्दा सामुहिक रुपमा गर्नु उचित हुनेछ। शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ। सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। साथीभाइले विरोध गर्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : १५ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक