खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा « Khabarhub

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ । दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् । स्थानीयले तातोपानी कुण्डको संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

म्याग्दी नदी बढेका बेला उक्त कुण्डमा असर पर्ने भएकाले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ थियो ।

स्थानीयले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै दाहालले यसका लागि पहल गर्ने बताएका थिए ।

दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकोमा खुसी व्यक्त गरे ।

उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, अध्यक्ष दाहालले बेनी नगरपालिका– ४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले शहीद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै शहीदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ४७ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको