‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन् « Khabarhub

‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन्


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाथीभरमा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची राजमार्ग अवरुद्ध गरेका छन् ।

पाँचथरको गोपेटारमा दर्जनौँ रुख ढालेर सडक अवरुद्ध गरिँदा कारण प्रसूति व्यथाले छट्पटाइरहेकी महिला बोकेको एम्बुलेन्ससमेत बाटैमा रोकिएको छ ।

सातादेखि आन्दोलित केबलकारविरोधी समूहको आन्दोलन उग्र बन्दै जाँदा सडक छेक्न रुख नै ढालिएको हो । मध्यराति रुख ढालेर सडक छेकिँदा आकष्मिक रुपमा बिरामी परेकाहरूलाई समेत लैजान समस्या भएको छ ।

पाँचथरको सडकमा रुख ढालेर सडक अवरोध गरिँदा सोमबार राति २ बजेदेखि बिहानैसम्म एम्बुलेन्स अलपत्र परेको थियो । एम्बुलेन्सभित्र रहेकी सुत्केरी व्यथा लागेकी १८ वर्षीय महिला चिच्याइरहेकी थिइन् । बाटैमा सुत्केरी ब्यथाले च्यापेकी उनलाई एम्बुलेन्सले अस्पताल लैजाँदै थियो ।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकेपछि हिलिहाङ-२ देखि फिदिम लाँदै गरेकी कल्पना जोगी (तामाङ)को ज्यान नै जोखिममा परेको थियो।

एम्बुलेन्स चालक नुपु शेर्पाले राति २ बजे बिरामी लिएर आउँदै गर्दा बाटोमा रुख ढालिएपछि बिरामी बचाउन गोपेटार फर्काएको बताए ।

अवस्था जटिल भएपछि गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मी चन्द्र घिमिरेले बताएका छन् ।

प्रहरीले बिहान रुख हटाएर सडक सुचारु गरेको छ । अवरोध हटेसँगै ती महिलालाई प्रसुति गराउन जिल्ला अस्पताल पठाइँदैछ ।

गत माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द छ । ‘नो केबलकार समूह’ले मंगलबारदेखि अरुणपूर्वका नौ जिल्लामा आमहड्ताल गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : १२ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण