नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज | Khabarhub Khabarhub

नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत भेटिएका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए ।

मृतकका भाइ हरिहर तिवारीले त्यही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् घटनाको जानकारी पाएको बताए ।

तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् ।

हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए ।

अन्तिमपटक घटनाको एक सताअघि दाजुसँग कुरा भएको हरिहरले बताए । घटनाको केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

उनले आफ्नो दाइले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनले बताए ।

बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्यूरोमा गएकोमा त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : २० बजे

पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने 

पोखरा- पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको

घरेलु भूमिमा नेपालको लज्जास्पद प्रदर्शन, चौथो खेलमा पनि पराजित

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलाको चौथो

जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने 

जनकपुरधाम– जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी

आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु

पोखरा– २४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा

कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य