मापसे गरेर युवकको टाउकोमा हानियो बोतल, तीनजना समातिए « Khabarhub

मापसे गरेर युवकको टाउकोमा हानियो बोतल, तीनजना समातिए


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा मादक पदार्थ पिएर एक युवकमाथि बोतल हानिएको छ ।

गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ ।

बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

रातको समयमा मदिरा पिउने क्रम सहरी क्षेत्रमा बढ्दै गएको छ । प्रहरी परिचालनमा विशेष ध्यान दिएको भनिए पनि राति चोरी, लुटपाट र कुटपिटका घटना कैलालीमा बढ्दै गएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : ३६ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२