अर्थसंक्षेप : टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दै, दोहोरो अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दै, दोहोरो अंकले घट्यो नेप्से


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाफा खुम्चिँदै गएका कारण टेलिकम सेवा प्रदायकले पुँजीगत लगानी घटाउँदै लगेका छन् । दुई दिन लगातार बढेको नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।

नेपाल औषधि लिमिटेडले अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र प्राप्त गरेको छ भने हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु भएको छ ।

आजका आर्थिक समाचार :

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दो

टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् ।

कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिचकिचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरूको बुझाइ छ ।

घर निर्माणको अनुमति अब अनलाइनबाटै

सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना’ सुरु गरेको छ । यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरूको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

नेपाल राष्ट्रिय भवन संहिता अनुरूप भवन निर्माण गर्दा हुनुपर्ने डिजाइन, निर्माण चरणमा हुने चेकजाँच, प्राविधिकहरूको सुपरिवेक्षण क्षमता, निर्माण व्यवसायीको गुणस्तर कायम गर्ने क्षमतामा अभिवृद्धि गरी अब बन्ने घर तथा भवनहरूमा अझ प्रभावकारी ढङ्गले भवन संहिता लागू गराउन यस परियोजनाले सहयोग गर्ने जनाइएको

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेय पदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवर्द्धनको काम सुरु गरेको हो ।

परापूर्व कालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायिकीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।

‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४र६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो’, उनले भने, ‘विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।

छ ।

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी

साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो ।

मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ०७ बजे

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली