आज २०८१ साल माघ २३ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल माघ २३ गते बुधबारको राशिफल


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २३ गते बुधबार माघ शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ५ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। सहयोगी साथी पहिचान गर्नुपर्ने समय आएको छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। परिवारसँगको दाम्पत्य जीवन सुखमय रहनेछ।

वृष : वक्र बृहस्पति आफ्नै राशिमा पुगेकाले बोल्दा सचेत बन्नुपर्ने समय छ। शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ। कर्मको स्थानमा शनिदेव भएकाले व्यापारमा सहकार्य गर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : दिन सहज छ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारमा थोरै बोल्नु उचित हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। अढैया शनिको प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारमा रमाएर बस्ने दिन छ। कडा विपक्षी भएकाले समझदारी गरेर अगाडि बढ्नुपर्नेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ।

सिंह : दिन सहज छ। धार्मिक क्षेत्रमा भन्दा शिक्षाको क्षेत्र मन लाग्नेछ। यो क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुन नसक्दा विवाद बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय रहनेछ।

कन्या : दिन सामान्य राम्रो छ। चिट्ठामा घाटा हुनेछ। परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने दिन छ। धार्मिक क्षेत्रको भ्रमण गर्न सकेमा मन शान्त बन्नेछ।

तुला : दिन राम्रो छ। व्यवहार गर्दा मन फुकाएर गर्नुपर्नेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन तपाईं अनुकूल रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षी साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मन चिन्तित बन्नेछ। शिक्षामा गरेको लगानी फाइदाजनक रहेको छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

मकर : राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। धनस्थानमा भएको शनिदेवका कारण सञ्चित धन खर्च हुनेछ।

कुम्भ : मनमा खटपटी बढ्नेछ। यो मध्यसाढेसाती दशाको फल हो। जन्मकुण्डलीको उच्च ठाउँमा शनि भए प्रगतिसमेत हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। साथीभाइको साथ मिल्नेछ।

मीन : तपाईंको राशिमा उदयमान शुक्र पुगेका छन्। बौद्धिक क्षमता बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा शिक्षामा गरेको प्रयास सफल र सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : ३० बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री