विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु | Khabarhub Khabarhub

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ओमान– सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले  ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए ।

यस्तै, महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ४८ बजे

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका