स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु | Khabarhub Khabarhub

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्टक होम – स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ। यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन्।

राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणलाई अहिले सम्मकै ठुलो मास सुटिङ भएको प्रधानमन्त्री उल्फ क्रिफ टेरेसनले बताएका छन्।

प्रहरीका अनुसार आक्रमण गर्ने ती व्यक्ति पनि मारिएका छन्। उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन्। धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ। प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ।

मंगलबार घटना भए लगत्तै कानुनमन्त्री तथा प्रधानमन्त्री त्यहाँ पुगेर समवेदना व्यक्त गरेका थिए। घाइतेको उपचारका लागि तत्काल अस्पतालको आइसियु खाली गरिएका छन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ५२ बजे

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

रौतहट– रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

कञ्चनपुर– अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा

पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि ‘टुर दि ठाकुरद्वारा’ 

नेपालगञ्ज– बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट सुरु हुन

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटको गृहकार्य सुरु

काठमाडौं– सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा

संसारमा प्रभावशाली विद्रोही सैन्य सङ्गठन

बङ्गलादेशमा गत वर्ष सडक आन्दोलनले नै सत्ता परिवर्तन गरेको थियो।