आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने आवासीय चिकित्सकको घोषणा  « Khabarhub

आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने आवासीय चिकित्सकको घोषणा 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । 

हिजो मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जानकारी दिएका हुन् ।

आन्दोलन थालेको ८ दिन बितिसक्दासमेत माग पूरा नभएपछि थप सशक्त रूपमा लाग्नुपरेको उनीहरूको भनाइ छ । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आवासीय चिकित्सकहरू आन्दोलित छन् ।

चरणबद्ध रूपमा आन्दोलन गर्दे आएका उनीहरूले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए भने बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।

आवासीय चिकित्सकहरूले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरूले सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ५७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको