सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन | Khabarhub Khabarhub

सञ्चारमन्त्री नै भन्छन् : सरकारबाट ६ महिनामा एउटा पनि देखिने काम हुन सकेन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण बिकास निर्माणमा ढिलाई हुन गएको बताएका छन् ।

रफत सञ्चार क्लबको १५ औँ वाषिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण विकास आयोजनाहरू सम्पन्न हुन वर्षौँसम्म लाग्ने देखिएको बताए ।

आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म देखिने गरी एउटा पनि काम हुन नसकेको उनले स्वीकारेका छन् ।

आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर पनि उनले गरेका छन् ।

मन्त्री गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर सरकारले मौजुदा कानुन सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे ।

कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले यो कसैविरुद्ध लक्षित नरहेको उनले बताएका छन् ।

गुरुङले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता हटाउन कानुनमा सुधारका लागि अध्यादेश ल्याउन परेको उल्लेख गरे । यस कुरामा कसैले राजनीति गर्न नहुने पनि उनको आग्रह थियो।

त्यस्तै उनले ‘जे मन लाग्यो त्यही लेख्ने र बोल्ने’ प्रेस स्वतन्त्रता नहुने जिकिर गरे । केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने काम गरेकाले त्यसको नियमन गर्न जरुरी भएको बताए ।

त्यहीकारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताएका छन् । आइटी र एआईलाई उद्योगका रुपमा विकास गर्न पनि ऐन, नियम आवश्यकता परेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ०६ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा