पाथीभरामा केबलकारविरुद्ध आन्दोलित १४ जना रिहा, ताप्लेजुङका तीनजनालाई मुद्दा | Khabarhub Khabarhub

पाथीभरामा केबलकारविरुद्ध आन्दोलित १४ जना रिहा, ताप्लेजुङका तीनजनालाई मुद्दा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका १४ जना कार्यकर्ता छुटेका छन् ।

मंगलबार सरकारसँग भएको ६ बुँदे सहमतिअनुसार उनीहरू बिनाशर्त बुधबार रिहा भएका हुन् । आन्दोलित समूहका एक नेताका अनुसार झापाको दमकबाट पक्राउ परेका ८ जना र सुनसरीबाट समातिएका ६ जना छुटेका हुन् । साता लामो बन्दका क्रममा गत माघ २० गते सुनसरीको धरानबाट ६ जना र झापको दमकबाट ८ जना समातिएका थिए ।

ताप्लेजुङमा माघ १२ गते भएको झडपपछि पक्राउ परेका तीनजना भने छुट्न समय लाग्ने भएको छ। अभद्र व्यवहारमा मुद्दा अगाडि बढिसकेकाले उनीहरू छुट्ने प्रक्रियामा रहेका छन् । ताप्लेजुङबाट माघ १२ मा प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्छुमण लिम्बू पक्राउ परेका थिए ।

मंगलबार सरकारसँगको सहमतिअनुसार बुधबार १४ जनालाई बिनाशर्त रिहा गरिएको हो । पहिचानसहितको प्रदेश १ पुनःनामांकन अभियान समितिका अध्यक्ष डकेन्द्र थेगिमले सबैलाई स्वागत गरिएको बताए ।

‘१४ जना छुट्नुभएको छ । ताप्लेजुङका तीनजना साथीहरूको मुद्दा अगाडि बढेको रहेछ । उहाँहरूको प्रकृया भइरहेको छ । वार्तामा हाम्रो पक्षबाट केवलकार निर्माण खारेज गर्नुपर्छ भनेका छौँ’, उनले भने, ‘उहाँहरूले निर्माण गरेरै छाड्ने योजना रहेको बताउनु भयो । अझै कुरा मिलेको छैन । वार्ता भने जारी छ ।’

थेगिमका अनुसार मंगलबार भएको सहमतिअनुसार अहिले नै निष्कर्षमा पुग्ने स्थिति बनेको छैन । माघ २७ गते फेरि वार्तामा बसेर निचोडमा पुग्ने उनले बताएका छन् ।

गृहमन्त्रीसँगै वार्ता प्रस्ताव

आन्दोलित पक्षले कर्मचारीसँग नभएर गृहमन्त्री रमेश लेखकसँगै वार्ता गर्न चाहेको छ । माघ २७ गतेको वार्तामा गृहमन्त्री लेखक सहभागी हुनुपर्ने माग राखिएको थेगिमले बताए । ‘शीर्ष तहबाट वार्ता गर्ने भद्र सहमति भएको छ । गृहमन्त्री २७ गतेको वार्तामा आउनुहुन्छ भन्ने लागेको छ’, उनले भने ।

अहिले वार्ता टोलीका संयोजकमा गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई छन् । उनीसँग अब फेरि वार्ता गर्नु तुक नभएको थेगिमले जिकिर गरेका छन् ।

दमकबाट को–को छुटे ?

साता लामो बन्दका क्रममा गत माघ २० गते झापाको दमकमा प्रहरीसँग झडप भएको थियो । जबरजस्ती सवारीसाधनको चाबी खोस्न थालेपछि आन्दोलित ८ जना पक्राउ परेका थिए । जसमध्ये १ जना गाडी चालक हुन् । उनीहरू सबैजनालाई बुधबार रिहा गरिएको छ ।

सुकबहादुर लिम्बू
धनकुमार योङहाङ
पदम बेघा
सञ्जय ताजपुरिया (ड्राइभर)
आदित्व लिम्बू
नामसाङ लिम्बू
सन्देश लिम्बू
प्रकाश लिम्बू

धरानबाट छुट्नेहरू

सुमन चेम्जोङ
दिवस राई
सरिल घले
किशन राई
योगेश तामा
सन्दीप लिम्बू

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ३७ बजे

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको

प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन

मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई अत्यावश्यक पर्ने सेवा