झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही « Khabarhub

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

दर्ता नभएकाहरू साइबर ब्यूरोको जिम्मा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी अतिरञ्जित गरी सामाग्री बनाएर प्रसारण गर्ने ३८ युट्युबरलाई प्रेस काउन्सिल नेपालले कारबाही  गरेको छ । 

पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबरबाट झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ नाम दिएर ती वृद्ध र महिलाको बदनाम गराउन सक्रिय युट्युबर कारबाहीमा परेका हुन् ।

२१ वर्षीया महिलाले बच्च पाएको घटनामा बयोवृद्धलाई जोड्दै पुष्टि भइनसकेको कुरालाई आफूखुसी सामाग्री बनाएर सम्प्रेषण गर्ने युट्युबरहरू कारबाहीमा परेका हुन् ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक , शिशु र पीडित परिवारको भिडियो तथा तस्बिर अमर्यादित रुपमा सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ।

उक्त प्रकरणमा ती वृद्धको संलग्नता भएको कुरा पुष्टि नभइसकेको अवस्थामा वैयक्तिक गोपनीयता नराखी बदनाम गराएको आरोपमा काउन्सिलले ती युट्युबरलाई कारबाही चलाएको सहायक प्रवक्ता रामशरण बोहोराले बताएका छन् ।

बोहोराका अनुसार पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरू कारबाहीमा परेका हुन् ।

सञ्चारमाध्यमका नाममा दर्ता नभई चलिरहेका युट्युब च्यानललाई नेपाल प्रहरीको साइबर ब्युरोमार्फत् कानूनी कारबाही प्रक्रिया अघि बढाइएको पनि काउन्सिलले जनाएको छ ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यताविपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन पनि भनेको छ। गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी पनि काउन्सिलले दिएको छ । जिम्मेवार पत्रकारितामा ध्यान दिन सञ्चारमाध्यमलाई भनिएको बोहोराले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : २४ बजे

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई