कोशीका मुख्यमन्त्री भन्छन्- निजी स्कुलले नियम मानेका छन्, सरकारीकरण गर्नु पर्दैन « Khabarhub

कोशीका मुख्यमन्त्री भन्छन्- निजी स्कुलले नियम मानेका छन्, सरकारीकरण गर्नु पर्दैन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालयहरू नियमभित्र सञ्चालन भइरहेको भन्दै सरकारीकरण गर्नु आवश्यक नरहेको बताएका छन् ।

राज्यले अहिले नै निजी विद्यालय सरकारीकरण गर्न नसक्ने तर्क पनि उनले गरेका छन् ।

यदि सरकारीकरण गर्ने कानुन ल्याए राज्य नै असफल हुने अवस्था आउने पनि उनले बताए ।

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको देखिएको भन्दै तिनको अवस्था सुधार गर्न लाग्नु पर्ने बताए ।

निजी तथा आवासीय विद्यालय अर्घनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई उद्घाटनका क्रममा उनले निजीक्षेत्र शिक्षाको जिम्मेवारीबाट हट्न खोजे समस्या हुने बताए ।

यथार्थमा स्वास्थ्य र शिक्षा नेपाल सरकार एक्लैले जिम्मा लिन नसक्ने पनि उनले बताए । संविधानले तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गरेको पनि मुख्यमन्त्री कार्कीले बताउ । ‘हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन’, उनले भने ।

मुलुकको आर्थिक सम्वृद्धिको अघि बढ्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्दै उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको विश्वास दिलएा ।

कार्यक्रममा बोल्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धिसम्बन्धी नीति ल्याउनु पर्ने माग गरेका छन् ।

युवा जनशक्ति विदेश पलायनसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यक देखिएको बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ५९ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप