हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ « Khabarhub

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन्।

साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए। उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ५४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा