बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा « Khabarhub

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

धरान – आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज धरान रङ्गशालामा भएको खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले अब्योमी फकुन्लेको पासमा गोल गरेका थिए ।

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा समीर तामाङले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसैगरी चर्च ब्वाइजकै अर्माण्ड भिदोमले खेलको २७औँ, ४९औँ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । चर्च ब्वाइजकै पदम भट्टराईले २९औँ मिनेटमा गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए । उनले ट्रफी र नगद रु १० हजार प्राप्त गरे । बिहीबार हुने सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबीच हुनेछ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : १३ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति