पटकपटक गोली हानेपछि मर्‍यो ‘माकुना’ : आत्मरक्षाका लागि गोली चलाउनु परेको निकुञ्जको दाबी « Khabarhub

पटकपटक गोली हानेपछि मर्‍यो ‘माकुना’ : आत्मरक्षाका लागि गोली चलाउनु परेको निकुञ्जको दाबी


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा जङ्गली हात्ती मकुना मरेको छ।

चितवन राष्ट्रिय निकुञ्जले विज्ञप्ति निकाल्दै निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन गोली प्रहार भएको दाबी गरेको छ।

बुधबार कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो। हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा माकुना फेला परेपछि गोली हान्नुको विकल्प नभएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले विज्ञप्तिमा दाबी गरेका छन्। तर निकुञ्जको विज्ञप्तिमा उल्लेखित विवरणमा भने माकुनामाथि पटकपटक गोली प्रहार भएको पुष्टि हुन्छ ।

गस्तीमा गएको घरपालुवा हात्ती (चुरेगर) लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि (दुई) राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकारी थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेपछि ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण तीन राउन्ड फायर गर्नुपरेको दाबी गरेका छन्। तीन राउन्ड फायरपछि केही पर भागेको माकुना पुनः फर्किएर आक्रमण गर्न आएपछि थप एक राउन्ड फायर गरेको विज्ञप्तिमा उल्लेख छ।

गोली प्रहारपछि भागेको माकुना घटनास्थलबाट एक किलोमिटर टाढा ढलेको अवस्थामा भेटिएको थियो। त्यसपछि चेक जाँच गर्न पुगेको प्राविधिक टोलीले मृत घोषणा गरेको सूचना अधिकारी मगरले बताएका छन्।

पोस्टमार्टम रिपोर्टले दाहिनेतर्फको घाँटीमा लागेको गोलीका कारण माकुना मरेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : ५८ बजे

जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह

टोकियो– जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि