प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग « Khabarhub

प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा रास्वपा सांसद असीम साहले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।  

उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको पनि जिकिर गरे । संसद कुनै व्यक्ति, दल विशेष र सत्तासत्तारी दलहरूको निजी अखडा नभएको सांसद साहले बताए । 

‘रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य रहेको छ । संसद कुनै व्यक्तिको, कुनै दल विशेषको वा सत्ताधारीको निजी अखडा होइन,’ साहले भने, ‘हामी सुसंस्कृतिक राजनीतिमा विश्वास गर्छौँ । संसदीय मर्यादालाई ध्वस्त पार्ने काम बदर गरियोस् र रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस् ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : १७ बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर– नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

बागलुङ– बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु