सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे « Khabarhub

सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षका नेता बोल्दा प्रतिपक्षका नेताहरु सदनमा उपस्थित भएको स्मरण गराउँदै विपक्षका नेताहरू बोल्दा पनि प्रधानमन्त्री उपस्थित नभएको भन्दै खोजी गरेका हुन्।

त्यसैगरी उनले सम्बोधनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि खोजी गरेका थिए । तर, प्रचण्डले सम्बोधन गरिरहँदा केहीबेरमा देउवा संसद्मा उपस्थित भए । देउवा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले धन्यवाद दिए ।

प्रचण्डले हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी नेताको हैसियतामा पहिलोपटक सम्बोधन गरेका छन्।

उनले प्रधानमन्त्री नआए पनि कांग्रेस सभापति देउवा सदनमा उपस्थित भएको कुरामा खुसी व्यक्त गरे । तर उनले सरकारको कडा आलोचना गरे । ३५ वर्ष सत्तामा हुँदा गर्न नसकेको काम सदन चल्नुभन्दा अघि ६ वटा अध्यादेश ल्याएर के गर्न खोजेको भनेर उनले पश्‍न गरे ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३८ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको