भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो « Khabarhub

भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

धनगडी– बुधबार झोलुङ्गे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ । 

सुर्खेतको बराहताल गाउँपालिका–४ को कुटा र पञ्चपुरी नगरपालिका–१० को चाम्री जोड्ने झोलुङ्गे पुल मर्मतका क्रममा दुई जना मजदुर भेरी नदीमा खसेर बेपत्ता भएका थिए । 

आज सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोलीले एक जनाको शव निकालेको डीएसपी शैलेन्द्र थापाले बताएका छन् । अर्का एक जना अझै बेपत्ता छन्, उनको खोजी कार्य जारी रहेको छ।

पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर निमार्णाधीन झोलुङ्गे पुलको लट्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : ४६ बजे

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने