राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस « Khabarhub

राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जीव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताए। 

न्याय सम्पादनमा सहयोग पुर्‍याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री भट्टराईले प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण, डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताए। 

“वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउन तथा विधि विज्ञान सम्बन्धमा अध्ययन, अनुसन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले सभासमक्ष यो विधेयक पेस गर्दछु”, उनले भने। 

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ४ : ४६ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति